Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य आङकाजी शेर्पाले पदबाट राजीनामा दिएका छन् ।
उनले जनता समाजवादी पार्टीको सङ्गठित सदस्यका साथै सम्पूर्ण पार्टी जिम्मेवारीबाट आजकै मितिदेखि राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले पहिचानका लागि दशकौं लामो समय पार्टीमा रहेर सङ्घर्ष गरेको विज्ञप्तिमा बताएका छन् ।
‘बाँचुन्जेल पहिचान, सङ्घीयता, धर्मनिरपेक्षता, कार्यकारिणी राष्ट्रपतिसहितको गणतन्त्र पूर्ण समानुपातिक निर्वाचन, सुशासन तथा स्वशासनको पक्षमा एक अथक अभियन्ता भएर लडिरहने छु ।’ विज्ञप्तिमा शेर्पाले भनेका छन् ।
भ्रष्टचारीलाई कडा भन्दा कडा दण्ड सजाय, कानूनी व्यवस्था, सबै जाति, भाषा, धर्म र संस्कृतिसहितको पूर्णसमानुपातिक समावेशी प्रतिनिधित्वका पक्षमा उनले समृद्ध बहुल राष्ट्रिय नेपाल निर्माण गर्न ३ करोड नेपालीलाई आत्मनिर्भर बनाउन खबरदारी गर्ने शेर्पाले उल्लेख गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij