Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपालका कृषि युवा वैज्ञानिक डा.मुक्ति राम पौडेल भारतको चर्चित विश्वविद्यालय जवाहरलाल नेहरू विश्वविद्यालयमा स्पेशल सेन्टर अफ न्यानो साइन्समा स्पिकरको रुपमा उपस्थित हुँने क्रममा उनलाई सम्मान गरिएको हो । डा.पौडेल नेपालका युवा गहुँ बाली विशेषज्ञ हुन् ।
उनले नेपाल र भारतका विभिन्न ठाउँहरुमा काम गरिरहेका छन् । केही समय पहिला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट विज्ञान तथा प्रविधिका विभिन्न क्षेत्रमा कार्यरत नेपाली युवा वैज्ञानिक र प्राविधिज्ञहरूको प्रोत्साहन तथा सम्मानको लागि स्थापित ‘विज्ञान तथा प्रविधि युवा पुरस्कार २०८२’ बाट डा.मुक्तिराम पौडेललाई गहुँ बालीमा सुख्खा र उच्च ताप सहन सक्ने नयाँ जातको विकासमा योगदानका साथै रोग–किरा व्यवस्थापन र कृषकलाई प्राविधिक सहजीकरण मार्फत उत्पादन वृद्धि तथा सुरक्षा सुनिश्चित गर्नुका साथै बालीको व्यवसायीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउनु भए वापत सम्मान गरिएको थियो ।
उनि हाल त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पक्लिहवा कृषि क्याम्पसको प्रध्यापक छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij