Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४८३५ मा कारोबार भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij