Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष सोमबार (पुस १४) बयान दिने भएका छन् । सोमबार मध्याह्न १२ बजे आयोगमा उपस्थित हुने लेखकको सचिवालयले जनाएको छ ।
साथै, लेखकले भोलि दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत आफ्नो धारणा सार्वजनिक गर्ने पनि जनाइएको छ ।
लेखकलाई पुस ८ गते बयानका लागि आयोगले बोलाएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij