Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

गैरकानूनी शिक्षक नियुक्ति प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

गैरकानूनी शिक्षक नियुक्ति प्रकरणमा भ्रष्टाचार मुद्दा दायर

  • काठमाण्डु । गैरकानूनी शिक्षक नियुक्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाण्डुको टोखास्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    तत्कालीन प्रधानाध्यापक बासुदेब अधिकारी र शिक्षिका कल्पना पनेरुले उमेरहद नाघेको तथ्य लुकाएर नियुक्ति लिए/दिएको भन्दै अख्तियारले आईतबार मुद्दा दर्ता गरेको छ ।

    AGNI GROUP

    कानूनअनुसार माध्यमिक तहको शिक्षक पदमा नियुक्त हुन २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्छ । तर शिक्षिका पनेरुको उमेर ४० वर्ष कटिसकेको अवस्थामा पनि प्रधानाध्यापक अधिकारीसँग मिलेर कीर्ते कागजात खडा गरी उनले नियुक्ति लिएको अख्तियारको ठहर छ ।

    अनुसन्धानका क्रममा उनीहरूले विद्यालय व्यवस्थापन समितिको निर्णय पुस्तिकामा टिपेक्स लगाउने, अक्षरहरू केर्ने र विवरण थपघट गर्ने काम गरेको पाइएको छ । अख्तियारका सहायक प्रवक्ता गणेबहादुर अधिकारीका अनुसार उनीहरूले पुरानो मिति राखेर नक्कली निर्णय तयार पारी भ्रष्टाचार गरेका छन् ।

    सरकारी कागजात सच्याएर व्यक्तिगत लाभ लिएको र नियमविपरीत नियुक्ति दिएको पुष्टि भएपछि कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट