Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

प्रहरीमा रिक्त ९ एसएसपीका लागि १६ जनाबीच तीव्र प्रतिस्पर्धा (सूचीसहित)

प्रहरीमा रिक्त ९ एसएसपीका लागि १६ जनाबीच तीव्र प्रतिस्पर्धा (सूचीसहित)

  • काठमाडौं । नेपाल प्रहरीमा रिक्त एसएसपी दर्जाको ९ दरबन्दीका निम्ति १६ प्रतिस्पर्धीबीच तीव्र प्रतिस्पर्धा छ । निर्वाचन आचारसंहिता लागू भए बढुवा प्रक्रिया स्वतः रोकिने कारण एक त छिटो बढुवा, त्यसमाथि आफू पर्नै पर्ने दबाबमा १६ एसपी छन् ।

    onlinepatrika
    Arghakhachi

    एसएसपी दर्जाका प्रतिस्पर्धीमध्ये दुई विभागीय र १४ खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टर भर्ना भएका टोली छन् । बढुवाको पहिलो र दोस्रो बढुवामा क्रमशः रामप्रकाश शाह र भुवनेश्वर तिवारी छन् । शाह २०५५/५/२२ र तिवारी २०५५।७।१ का असई हुन् ।

    AGNI GROUP

    उनीहरू २०५८/४/१८ मा इन्स्पेक्टरको खुला प्रतिस्पर्धामा उत्तीर्ण भएका थिए । उक्त ब्याचको अघिल्लो वरियताका २५ अधिकृतहरू एसएसपी भइसकेका छन् । हाल काठमाडौं प्रहरी प्रमुख रहेका रमेश थापा सो ब्याचबाट पहिलो नम्बरमा एसएसपी बढुवा भएका हुन् ।

    २०८१ माघको बढुवामा थापासहित अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोविन्द अधिकारी, विनोद सिलवाल, श्याम कुमार महतो, वेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोषकुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, विमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा भएका थिए ।

    त्यसमध्ये कँडेल अघिल्लो ब्याच (२०५६/३/३) का इन्स्पेक्टर हुन् भने कोइराला २०५४/१२/१६ तथा पंगेनी, खड्का र बुढामगर २०५५/७/१ का असईमा भर्ना भई पछि इन्स्पेक्टरमा खुला प्रतिस्पर्धाबाट उत्तीर्ण भएका हुन् ।

    हाल रिक्त रहेको ९ एसएसपीका प्रतिस्पर्धीमध्ये ११ औँ नम्बरका राजकुमार सिलवाल पथलैया ट्राफिकमा रहँदा विवादमा मुछिएका कारण कारबाहीमा छन् । पहिलो र दोस्रो नम्बरका शाह र तिवारीपछि तेस्रो नम्बरमा रहेका ऋषिराम कँडेल इन्स्पेक्टर भर्नाका अलराउण्ड टप अफिसर हुन् । यद्यपि, एसपी बढुवादेखि उनी पछि परेका थिए ।

    उक्त ब्याचका एसपीमध्ये सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोखेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही व्यावसायिक प्रहरी कार्यमा कहलिएका अधिकृत मानिन्छन् ।

    चौधरी प्रविधि परिचालन र जोखिमपूर्ण कार्यका निम्ति अब्बल मानिन्छन् । बोहरा फिल्ड कमान्डमा कहलिएका एसपी हुन् । हाल उनी जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा कार्यरत छन् । थापा प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन शाखा (कप्र) र शाही साइबर ब्युरोमा रहेर आफ्नो कार्यकौशलता प्रदर्शन गरिरहेका छन् ।

    हेर्नुस्, वरिष्ठता सूची–

    १. रामप्रकाश शाह

    २. भुवनेश्वर तिवारी

    ३. ऋषिराम कँडेल

    ४. सुरेशप्रसाद काफ्ले

    ५. अमरेन्द्रबहादुर सिंह

    ६. श्यामसिंह चौधरी

    ७. नकुल पोखेल

    ८. पदमबहादुर बिष्ट

    ९. सुवासचन्द्र बोहरा

    १०. वासुदेव खतिवडा

    ११. प्रजित केसी

    १२. राजकुमार सिलवाल

    १३. योगेन्द्रसिंह थापा

    १४. महेन्द्रकुमार श्रेष्ठ

    १५. दिलिप घिमिरे

    १६. वीरेन्द्रबहादुर शाही

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट