Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बालेनप्रति हर्क सामपाङको व्यंग्य: जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!

बालेनप्रति हर्क सामपाङको व्यंग्य: जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ!

  • काठमाडौँ । धरान उपमहानगरका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको सहमतिको विरोध गरेका छन्। 

    onlinepatrika
    Arghakhachi

    आइतबार बिहान आधा घण्टाको बीचमा फेसबुकमा दुईवटा स्टाटस लेख्दै उनले रवि र बालेनबीच आजा बिहान भएको सहमतिको बिरोध गरेका हुन्। 

    AGNI GROUP

    ‘हाहा...जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ,’ बालेनप्रति लक्षित गर्दै साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘फटाहाहरू... सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे!’

    र्को स्टाटसमा उनले रवि र बालेनको सहमतिलाई फेक भन्दै मिडिया ट्रायल रोक्न भनेका छन्। 

    ‘हामी नेपाली जनता ३ करोड नेपाली जनतासँग मात्रै मिल्छौँ! अरु विदेशी दलाली गरेर आउने कुनै पनि पार्टीहरूसँग मिल्दैनौँ। स्टप फेक मिडिया ट्रायल!’ साम्पाङले लेखेका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट