Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चेम्बर हीरक जयन्तीका अवसरमा कर्पोरेट गल्फ

चेम्बर हीरक जयन्तीका अवसरमा कर्पोरेट गल्फ

  • काठमाण्डु । नेपाल चेम्बर अफ कमर्सले ऐतिहासिक हीरक जयन्तीको अवसरमा कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाण्डुको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लबमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा चेम्बरले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको हो ।

    AGNI GROUP

    शनिबार सम्पन्न प्रतियोगिताका विजेतालाई चेम्बर हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष एवं चेम्बरका पूूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अध्यक्ष कमलेश कुुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले सम्मानसहित प्रमाण पत्र प्रदान गरे । प्रतियोगितामा विभिन्न १५ जना विजेतालाई पुुरस्कार तिवरण गरिएको थियो  ।

    सो अवसरमा चेम्बरका उपाध्यक्ष एवं गल्फ प्रतियोगिताका संयोजक अर्जुुन शर्माले ७५ वर्षको चेम्बर यात्रा वास्तवमै ऐतिहासिक र प्रेरणादायी रहेको बताए । उनले भने, ‘७ दशकभन्दा बढी समयदेखि नेपाल चेम्बर अफ कमर्सले मुुलुकमा व्यापार, उद्योग, उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।’उपाध्यक्ष शर्माले नेपालको खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले कर्पोरेट गल्फ आयोजना गरिएको बताए ।

    ऐतिहासिक हीरक जयन्तीका अवसरमा आयोजना गरिएको गल्फ प्रतियोगिताले केबल खेलकुुद मात्र नभई चेम्बरको सामाजिक सक्रियता, अनुशासन, एकाग्रता, इमान्दारी र दीर्घकालीन दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने शर्माले बताए ।

    स्थापनाको ७५औं वर्षगाँठ तथा ऐतिहासिक हिरक जयन्ती चेम्बरले यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट