Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

रोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर

रोहित पौडेल बने ओमोडा एन्ड जेइकोका ब्रान्ड एम्बासडर

  • काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बासडर घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । प्रतियोगिताभरिको रोहितको अलराउन्ड प्रदर्शनका लागि रोहितलाई आधिकारिक रूपमा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” घोषित गरिएको थियो ।

    AGNI GROUP

    यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ । दिपेन्द्र एनपीएलको पहिलो सिजनमा “इलेक्ट्रिफाइङ प्लेयर अफ द टूर्नामेन्ट” चुनिएदेखि नै ब्रान्डका लागि एक बलियो स्तम्भको रूपमा रहँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट