Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच वार्ता भइरहेको घरमा हामी नेपालका संयोजक सुधन गुरुङले ताला लगाइदिएका छन् ।
ललितपुरको कुपनण्डलस्थित कुमार बनेको घरमा लामिछाने र शाहबीच वार्ता चलिरहेका बेला गुरुङले गेटमा बाहिरबाट ताला लगाइदिएका हुन् ।
उनले दुई जनाबीच एकता नभएसम्म ताला नखोल्ने अडान लिएका छन् ।
‘यहाँ हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म उहाँहरू दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीचाहिँ ताला लाएर राखेका छौँ,’ गुरुङले सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमा भने ।
बालेनले गएरातिदेखि उक्त घरमा बसेर विभिन्न नेताहरूसँग भेटवार्ता गरिरहेका छन् । यसक्रममा गुरुङ पनि भेटवार्ता लागि बिहानैदेखि लाइनमा बसेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij