Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि

सूर्यकुण्ड हाइड्रोको आईपीओ आजदेखि

  • काठमाडौँ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि आवेदन प्रक्रिया सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिकलाई लक्षित गरी शेयर बिक्री खुला गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २५ गते कुल १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने स्वीकृति प्राप्त गरेको थियो ।

    AGNI GROUP

    जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड ८९ लाख ६७ हजार ५०० रुपैयाँ बराबरका ६ लाख ८९ हजार ६७५ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका लागि छुट्याइएको छ । उक्त शेयर नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाका सबै वडाका स्थानीय बासिन्दाले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी, जारी पूँजीको अर्को १० प्रतिशत अर्थात ६८ हजार ९६७ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि सुरक्षित गरिएको छ ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट