Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

अफ्रिका कप अफ नेसन्स : इजिप्टले जिम्बाबेलाई हरायो

अफ्रिका कप अफ नेसन्स : इजिप्टले जिम्बाबेलाई हरायो

  • काठमाडौं । मोहमद सालाहले खेलको अन्तिम समयमा गोल गर्दै अफ्रिका कप अफ नेसन्समा इजिप्टलाई जित दिलाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    समूह ‘बी’ को पहिलो खेलमा इजिप्टले जिम्बाबेलाई २–१ गोलअन्तरले हराएको हो ।

    AGNI GROUP

    जिम्बाब्वेले २०औं मिनेटमा अप्रत्याशित रूपमा गोल गर्दै अग्रता लिएको थियो । प्रिन्स दुवेले गोल गरेका थिए ।

    दोस्रो हाफको ६४औं मिनेटमा ओमार मर्माउशले बराबरी गोल गरे । खेल बराबरीमै सकिने जस्तो देखिँदा अतिरिक्त समयमा सालाहको प्रहार गोलमा परिणत भयो ।

    यो जितसँगै इजिप्टले समूह ‘बी’मा ३ अंक जोडेको छ । अब इजिप्टले दक्षिण अफ्रिकासँग तथा जिम्बाबेले एङ्गोलासँग खेल्नेछ ।

    समूह बी कै अर्को खेलमा दक्षिण अफ्रिकाले एङ्गोलालाई २-१ गोलअन्तरले हरायो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट