Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १३.८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ ।
आज ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।
आज ३ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको कारोबार भएको छ । यस बैंकको १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सन नेपाल लाइफको ८ करोड २६ लाखको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij