Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

परिणाममुखी काम गर्न मन्त्री भण्डारीकाे निर्देशन

परिणाममुखी काम गर्न मन्त्री भण्डारीकाे निर्देशन

  • काठमाडौं । खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रालय मातहतका सबै निकायलाई गौरवको अनुभूति हुने गरी परिणाममुखी काम गर्न निर्देशन दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    आइतबार मन्त्रालयमा आयोजित पदभार ग्रहण कार्यक्रममा उनले आमनागरिकलाई स्वच्छ, सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउने मार्गमा सबैले इमान्दार भएर प्रयास गर्नुपर्ने बताए ।

    AGNI GROUP

    मन्त्री भण्डारीले खानेपानी नागरिकको आधारभूत आवश्यकता र अधिकार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले प्रभावकारी योजना र कार्यान्वयनमा जोड दिनुपर्ने स्पष्ट पारे ।

    उनले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा अझै पनि सुरक्षित खानेपानीको पहुँच नपुगेको भन्दै त्यसलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता जनाए ।

    नागरिकलाई शुद्ध खानेपानीको व्यवस्था गर्न सबै लाग्नुस् । आवश्यक सहकार्य र समन्वय गर्न मन्त्रालय प्रतिबद्ध छ”, मन्त्री भण्डारीले भने, “हामीले गर्ने कामले आमनागरिकलाई सहजता दिनुपर्छ र त्यसबाट कर्मचारीदेखि नेतृत्वसम्म सबैले गौरवको अनुभूति गर्न सक्नुपर्छ ।”

    मन्त्री भण्डारीले मन्त्रालय तथा मातहतका कार्यालयमा सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्राथमिकता दिइने बताउँदै अधुरा र निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।

    उनले विकास निर्माणका काममा ढिलासुस्ती, लापरबाही र अनियमितता सह्य नहुने स्पष्ट गर्दै जनताको करबाट उठेको स्रोतको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट