Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । स्थानीय सरोकारका विषयमा विविध संवाद कार्यक्रमको आयोजना गर्दै आएको सिरिन नेटवर्कले बूढानीलकण्ठ नगरपालिकासँग सम्बन्धित रहेर मिडिया संवादको आयोजना गरेको छ ।
‘सशक्त स्थानीय मिडिया समृद्ध नगरपालिका, स्थानीय विकासमा मिडियाको प्रभावकारिताँ विषयक उक्त संवाद कार्यक्रममा वरिष्ठ पत्रकारहरु गुणराज लुइँटेल, सुदर्शन आचार्य, माधवप्रसाद पौडेल र नगर प्रवक्ता एवं वडा नं। १० का वडाध्यक्ष नवराज भट्टराईले उक्त शीर्षकमा आ–आफ्ना धारणा राखेका थिए । शनिबार नगरपालिकाको वडा नं। १० स्थित कोटबारी पार्टी प्यासलेमा कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय तहका समस्या, अवसर र विकासका योजना सार्वजनिक रूपमा छलफल गर्ने, जनचेतना बढाउने र आगामी दिनका लागि रचनात्मक योजना तयार पार्न सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सहजकर्ता रोहन न्यौपानेले बताए ।
वक्ताहरुले स्थानीय तह र सञ्चारमाध्यम तथा त्यससँग सम्वद्ध पक्षबीच घनिष्ठ सम्बन्धका आधारमा स्थानीय सरोकारहरु सकारात्मक रुपमा सम्पन्न गर्न सकिने धारणा राखे । सहजकर्ता न्यौपानेका अनुसार यस किसिमको कार्यक्रमको निरन्तरता दिइने छ । यसपछि कुनै श्रृंखलामा नगरभित्रका पत्रकार मात्रको अलग्गै संवाद कार्यक्रम आयोजना गरिने उनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij