Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय दाङका उपकुलपति प्राडा. धनेश्वर नेपालमाथि दुर्व्यवहार भएको छ । आइतबार बिहान उपकुलपति अज्ञात समूहले कालो मसी छर्केर दुर्व्यवहार गरेको हो ।
५-६ जनाको संख्यामा आएको अज्ञात समूहले नेपालमाथि कालो मसी छर्केर दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्र शाहले जानकारी दिए ।
घटनाबारे बुझ्ने काम भइरहेको र संलग्नको खोजीका लागि प्रहरी परिचालन गरिएको डीएसपी शाहले बताए । उपकुलपति नेपालको निवासमै पुगेर उक्त समूहले दुर्व्यवहार गरेको हो ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी प्रमुख, एसपी दीपक श्रेष्ठसहिको टोली खटिएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij