Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर इन्टर्न डाक्टरको मृत्यु

  • काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर आज बिहान एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    आज आइतबार बिहान करिब ६ः३० बजे नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर सप्तरीको राजविराज नगरपालिका–९, जगदरी घर भएका इन्टर्न डाक्टर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।

    AGNI GROUP

    नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दीपेश राईका अनुसार, लडेर गम्भीर अवस्थामा फेला परेका उनको उपचारका क्रममा बिहान ७ः२५ बजे मृत्यु भएको हो । 

    यादव सोही मेडिकल कलेजमा एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    सो अस्पताल कांग्रेस नेता एव विघटित प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माको व्यवस्थापनमा चलेको अस्पताल हो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट