Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् ।
उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस् । एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौँ ।ʼ
प्रचण्डले आफूहरूको शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने सडकमा आउने समेत चेतावनी दिए । उनले आफुहरु नै जेनजीको सहि अभिभावक भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीले मात्र जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij