Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

  • काठमाडौँ ।  मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    शुक्रबार प्रदेश सभामा लिएको विश्वासको मतमा यादवको पक्षमा ९२ मत परेसँगै यादवले विश्वासको मत पाएका हुन् । आजको मतदानमा ९२ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा र तटस्थमा शुन्य मत परेको थियो । 

    AGNI GROUP

    १०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक रहेको छ ।  

    सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

    मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री यादवले १५ दिनपछि विश्वासको मत लिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट