Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको मतदान जारी: ८ बजेसम्म १२ सय मतदान, १० बजेसम्म मतदान स्थलमा प्रवेश गर्नुपर्ने

एमालेको मतदान जारी: ८ बजेसम्म १२ सय मतदान, १० बजेसम्म मतदान स्थलमा प्रवेश गर्नुपर्ने

  • काठमाडौं । नेकपा एमालेको जारी ११औं महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्नका लागि मतदान प्रक्रियामा ढिलाई भएको छ । केन्द्रीय निर्वाचन आयोगले साँझ ८ बजेसम्म १२०० जनाले मात्र मतदान गरेको जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भृकुटीमण्डपस्थित मतदानस्थलमा एक प्रतिनिधिले मत खसाल्न बढीमा २ घन्टासम्म लगाएको आयोगले जनाएको छ । आयोगले औसतमा एक जनाले मतदान गर्न ३० देखि ३५ मिनेट लागिरहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    विहान ९:२० बजेदेखि सुरू भएको मतदान रातभर चल्न सक्ने देखिएको छ । आयोगले मतदान गरेर नसकुन्जेल मतदान जारी रहने भएकाले प्रतिनिधिहरूले राति १० बजेभित्र मतदानस्थलमा रहेको हलभित्र प्रवेश गरिसक्नुपर्ने सूचना जारी गरेको छ । यसअघि आयोगले ८ बजेभित्र टोकन लिएर मतदान स्थलमा प्रवेश गर्न भनेको भएपनि दुई घण्टा समय बढाएको छ  ।

    लगभग ११ घण्टामा १२ सय मत खसेकाले अझै १०६३ प्रतिनिधिले मतदान गर्न लगभग ८ घण्टा भन्दा बढी लाग्ने देखिएको छ । आयोगले मतदान सकिएको तीन घण्टाभित्र मत परिणाम सार्बजनिक हुने बताएको छ  । 

    एमालेका १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६२२ जनाले उम्मेदवारी दिएका छन् । जारी महाधिवेशनमा २२६३ जना प्रतिनिधिहरूले मतदान गर्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट