Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

डेम्बेलेले जिते फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

डेम्बेलेले जिते फिफाको वर्षको उत्कृष्ट खेलाडीको अवार्ड

  • काठमाडौँ । फ्रान्सका फरवार्ड उस्मान डेम्बेले फिफाको बर्ष खेलाडी बनेका छन्  । २८ बर्षिय पीएसजीका फरवार्डले यस बर्षको फिफाको 'द बेस्ट' अवार्ड जितेका हुन्  ।

    onlinepatrika
    Arghakhachi

    उनले २०२४ मा पीएसजीका लागि ३५ गोल गरेका थिए भने पीएसजीलाई लिग वान र च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले गत सेप्टेम्बरमा यस बर्षको बेलुन डो अर अवार्ड समेत जितेका थिए ।

    AGNI GROUP

    डेम्बेलेले बार्सिलोनाका लामिन यमल र रियल म्याड्रिडका किलियन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । यो अवार्ड अगस्त २०२४ देखि अगस्त २०२५ सम्मको प्रदर्शनलाई आधार मानेर दिइएको फिफाले जनाएको छ । साथै यस अवार्डका लागि फिफाका सदस्य देशका राष्ट्रिय टिमका प्रशिक्षक र कप्तानले मतदान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij