Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमाले महाधिवेशन: आज बिहान ८ बजेदेखि मतदान हुदै

एमाले महाधिवेशन: आज बिहान ८ बजेदेखि मतदान हुदै

  • काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज हुदै छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार दिनभर मतदानको प्रतिक्षामा बसेका प्रतिनिधिहरु राती ८ बजेपछि मतदान स्थगित भएपछि फर्किएका थिए । एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला मतदान स्थगित गरिएको थियो ।

    AGNI GROUP

    विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान आज बिहान ८ बजेदेखि हुने भएको हो ।  आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

    क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८  घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij