Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सभापति देउवा र नेता कोइरालाबीच भेट

सभापति देउवा र नेता कोइरालाबीच भेट

  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मंगलबारको भेटवार्तामा काँग्रेसको क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद बारे छलफल भएको बताइएको छ । कोइरालाले क्रियाशील सदस्यता वितरण समितिले बिना नम्बरका फाराम जिल्लामा पठाएको विषयमा देउवाको ध्यानाकर्षण गराएका थिए ।

    AGNI GROUP

    कोइरालाले क्रमसंख्या बिनाका फाराम पठाएको विषयले महाधिवेशन प्रक्रिया नै प्रभावित हुनसक्ने भन्दै तत्काल नम्बर भएका क्रियाशील फारम पठाउन सभापति देउवालाई आग्रह गरेका थिए ।

    साथै कोइराले देउवासँग पार्टीले यस अघि विभिन्न नेताहरुलाई गरेको अनुशासनको कारबाही फुकुवा गर्न आग्रह गरेका थिए । कोइरालाले कांग्रेसका केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाललाई साथ लिएर देउवासँग छलफल गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट