Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आइपीएल अक्सन: अस्ट्रेलियाका ग्रीनमाथि कोलकोताले लगायो २५ करोड २० लाखको बोली

आइपीएल अक्सन: अस्ट्रेलियाका ग्रीनमाथि कोलकोताले लगायो २५ करोड २० लाखको बोली

  • काठमाडौँ । युएईको आबुधाबीमा जारी आइपीएलको मिनी अक्सनमा अष्ट्रेलियाका क्यामरुन ग्रिनलाई कोलकोता नाइट राइडर्सले २५ करोड २० लाखमा किनेको छ ।

    onlinepatrika
    Arghakhachi

    कोलकोताले चेन्नई सुपरकिंग्ससँग अक्सनमा प्रतिष्पर्धा गरेर ग्रीनलाई भित्र्याएको हो । आइपिएलको नियम अनुसार ग्रीनले १८ करोड मात्र पाउने छन् भने त्यो भन्दा बढी रकम भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेलाडी कल्याण कोषमा राख्ने निर्णय यसअघि नै गरेको छ ।    

    AGNI GROUP

    आज जारी अक्सनको पहिलो चरणमा जेक फ्रेजर-म्याकगर्क, डेभन कोनवे र पृथ्वी शा जस्ता खेलाडीमा कुनै पनि टिमले इच्छा देखाएका छैनन् । यसैबीच, दक्षिण अफ्रिकाका डेभिड मिलरलाई दिल्ली क्यापिटल्सले २ करोड भारुको न्युनतम मुल्यमा किनेको छ ।

    यस अक्सनमा १० टोलीको कुल २३७.५५ करोड भारु रकम रहेको छ । आइपीएल अक्सनको इतिहासमा सबैभन्दा महँगो खेलाडी ऋषभ पन्त हुन् । उनलाई गत वर्षको मेगा अक्सनमा लखनऊ सुपर जायन्ट्सले २७ करोड भारुमा किनेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij