Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

दाेस्रो किस्ता बुझाउन उद्योगलाई पुनः प्राधिकरणको पत्र

दाेस्रो किस्ता बुझाउन उद्योगलाई पुनः प्राधिकरणको पत्र

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटड तथा ट्रंकलाइन बक्यौताबापतको दोस्रो किस्ता बुझाउन उद्योगी–व्यवसायीलाई पुन: पत्राचार गरेको छ । प्राधिकरणले पहिलो किस्ता तिरेका उद्योगले दोस्रो किस्ता नबुझाएकाले पत्राचार गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

    onlinepatrika
    Arghakhachi

    गत मंसिर पहिलो सातामा नै विद्युत वितरण केन्द्रहरु मार्फत उद्योगहरुलाई पत्राचार भएपनि प्राधिकरणले पुन: ताकेता गरेको छ । कार्यकारी निर्देशक शाक्यले भने, ‘पहिला पनि पत्राचार भएको थियो । तर केही उद्योगले मात्रै दोस्रो किस्ता रकम बुझाएकाले पहिलो किस्ता तिरेका सबै उद्योगलाई दोस्रो किस्ता बुझाउन पत्राचार गरिएको हो ।’

    AGNI GROUP

    प्राधिकरणका अनुसार उद्योगहरुले दोस्रो किस्ताबापतको रकम नबुझाए फेरि लाइन काट्ने तयारी गरेको छ । प्राधिकरणले उद्योगहरुलाई दोस्रो किस्ता रकम नबुझाए जुनसुकै बेला पनि लाइन काटिने जनाएको छ ।

    प्राधिकरणका अनुसार पहिलो किस्ता बुझाएका २२ उद्योगमध्ये रिलायन्स स्पिनिङ मिल्सले भने अदालतको अन्तरिम आदेश पाएको छ । त्यसबाहेक प्राधिकरणले २१ उद्योगलाई दोस्रो किस्ता बापतको रकम तिर्न पत्राचार गरेर ताकेता गरेको छ ।

    शाक्यका अनुसार प्राधिकरणले मंसिर पहिलो हप्ता प्राधिकरणले पत्राचार गरे पनि ६ उद्योगले मात्रै दोस्रो किस्ता बुझाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij