Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेको मतदान ४ बजेपछि, विद्युतीय मेसिनको प्रयोग गरिदै

एमालेको मतदान ४ बजेपछि, विद्युतीय मेसिनको प्रयोग गरिदै

  • काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय निर्वाचन आयोगले ४ बजेदेखि मतदान शुरु हुने जानकारी दिएको हो । यस अघि १ बजेदेखि मतदान शुरु हुने भनिएको थियो ।आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले ४ बजेदेखि मात्र मतदान शुरु हुने बताएको छ ।

    AGNI GROUP

    आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।

    क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २० देखि २५ मिनेटको समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ घण्टा लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij