Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार

यू–१९ एशिया कपमा नेपालको लगातार दोस्रो हार

  • काठमाडौँ । नेपालले एसीसी पुरुष यू–१९ एशिया कप अन्तर्गत लगातार दोस्रो हार बेहोरेको छ । सोमबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भएको हो ।

    onlinepatrika
    Arghakhachi

    नेपालले दिएको १३१ रनको लक्ष्य पछाएको बंगलादेशले २४.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ३१.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।

    AGNI GROUP

    नेपालका लागि अभिशेख तिवारीले सर्बाधिक ३० रन बनाए भने आशिष लुहारले २३, साहिल पटेलले १८ र निरज कुमार यादवले १४ रन बनाएका थिए । त्यस्तै बंगलादेशका बलर मोहमद सोबुजले ३ विकेट लिए भने साद इस्लाम, शाहरिआर अल अमिम र अजुजुल हाकिमले २-२ विकेट लिएका थिए ।

    यो हारसँगै नेपालको सेमिफाइनलको सम्भावना लगभग सकिएको छ । अब नेपालले अन्तिम खेल अफगानिस्तानसँग बुधबार खेल्ने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट