Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४ को विन्दुमा कायम भएको छ ।
आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ७४ लाख माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको संस्थापक सेयर किनबेच भएको छ । यस बैंकको २६ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सिटी होटलका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij