Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । धनुषामा एक नाबालिकालाई बलात्कार गरेको मुद्दामा नेकपा एमालेका नेता शिवशंकर साह (हिरा)लाई प्रहरीले पक्राउ गरेको छ ।
एमालेको उद्योग वाणिज्य महासंघका मधेश प्रदेशका अध्यक्षसमेत रहिसकेका साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाले भारतको सीतामणिबाट पक्राउ गरेर जनकपुर ल्याएको हो ।
मधेश प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) गोविन्द थपलियाका अनुसार नाबालिकालाई बलात्कार गरेका घटनामा साह लामो समयदेखि फरार थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij