Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

लैङ्गिक हिंसा विरोधी १६ दिने अभियान

SRHR तथा Harm Reduction सम्बन्धी ३ दिने आवासीय कार्यशाला

SRHR तथा Harm Reduction सम्बन्धी ३ दिने आवासीय कार्यशाला

  • नेपाल परिवार नियोजन संघ (FPAN) ले दृष्टि नेपालको सहकार्यमा “लैङ्गिक हिंसा विरोधी १६ दिने अभियान” अन्तर्गत लागूऔषध प्रयोगकर्ता महिला तथा लिङ्ग–विविधता भएका व्यक्तिहरूका लागि लैङ्गिक तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) र क्षति न्यूनिकरण (Harm Reduction) सम्बन्धी ३ दिने आवासीय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ। सो कार्यशालामा नेपालमा पहिलो पल्ट WHRIN (Women Harm Reduction International) ले तयार पारिएको handbook प्रयोगमा ल्याएको थियो । 

    onlinepatrika
    Arghakhachi

    नेपाल परिवार नियोजन संघको केन्द्रिय क्लिनिक पुल्चोक र सुनसरी शाखा तथा दृष्टि नेपालका सेवा प्रदायकहरूको सहभागितामा उक्त कार्यशाला २०२५ डिसेम्बर ५ देखि ७ गतेसम्म नगरकोटको शान्त वातावरणमा अवस्थित सांग्रिला होटलमा सम्पन्न गरिएको थियो।

    AGNI GROUP

    कार्यशालामा सहभागीहरूले लागूऔषध प्रयोगकर्ताहरूले भोग्ने स्वास्थ्य चुनौती, यौन तथा प्रजनन् स्वास्थ अधिकार (SRHR), क्षति न्यूनिकरणका उपाय, सेवा प्रवाहमा आवश्यक संवेदनशीलता तथा भेदभावरहित समुदायमैत्री सेवा प्रदान गर्ने सीपबारे गहन अध्ययन र व्यवहारिक अभ्यास गरे। साथै सहभागीहरूले कार्यशालाले आफ्नो व्यावसायिक दक्षता, दृष्टिकोण र कार्यक्षेत्रमा लैङ्गिक संवेदनशीलताको महत्व थप स्पष्ट बनाएको प्रतिक्रिया समेत दिएका छन्।

    fhan2.jpeg

    समापन कार्यक्रममा FPAN का अर्थ निर्देशक नवराज ढकालले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले लागूऔषध प्रयोगकर्ता महिला तथा लिङ्ग–विविध समुदायका लागि सुरक्षित, सम्मानजनक र अधिकार–आधारित सेवा प्रवाह सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

    दृष्टि नेपालकी संस्थापक अध्यक्ष परिना लिम्बूले SRHR तथा क्षति न्यूनिकरण सेवामा अन्तर–संस्थागत सहकार्य अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै स्वास्थ्य सेवा प्रदायकहरूले लान्छना र भेदभावविहीन सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनु भयो।

    नेपाल परिवार नियोजन संघका परियोजना संयोजक प्रकाश डंगोलका अनुसार, १६ दिने अभियान अन्तर्गत सम्पन्न सो आवासीय कार्यशाला महिला तथा लिङ्ग–विविधता भएका लागूऔषध प्रयोगकर्ता व्यक्तिहरू माथि हुने हिंसा रोकथाम तथा उनीहरूको SRHR र Harm Reduction सेवाको संवर्द्धन तर्फ एक महत्वपूर्ण कदमका रूपमा स्थापित भएको छ।

     

    fhan1.jpeg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij