Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेकपा एमालेले ११औं महाधिवेशन केन्द्रित कार्यक्रमलाई तीव्रता दिएको छ । नेताहरूले छुट्टाछुट्टै भेला छलफल तथा अन्तरसम्वादलाई तीव्रता दिइरहेका छन् ।
एमालेका आज काठमाडौंमा महाधिवेशन केन्द्रित दुई वटा कार्यक्रम हुँदैछ । प्रेस चौतारी नेपालमा दिउँसो २ बजे नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा नेकपा (एमाले)का सचिव लेखराज भट्टसँग संवाद हुँदैछ ।
यस्तै, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेतृ विन्दा पाण्डेसहितका महिला नेताहरूले होटल हार्दिकमा दिउँसो १ बजे अन्तरसम्वाद गर्दैछन् । रचना खड्का, उषा किरण तिम्सिनालगायतका नेतृतले पनि पार्टी महाधिवेशन र नेतृत्वबारे अन्तरसम्वाद गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij