Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।
शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रम अहिले ११ बजेपछि शुरु हुने बताइएको छ । राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij