Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । सालपा विकास बैंकले आगामी मंसिर २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि पहिलो चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता सेयर विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि आरक्षित गरी सार्वजनिक गर्ने तयारी गरेको हो ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको आईपीओ जारी गर्ने अनुमति प्राप्त गरेको छ ।
यसमध्ये ५ प्रतिशत (८६ हजार १९४ कित्ता) सामूहिक लगानी कोषका लागि, ०.५ प्रतिशत (२६ हजार ११९ कित्ता) कर्मचारीका लागि र १० प्रतिशत (१ लाख ७२ हजार ३८८ कित्ता) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन।
जसको आवेदन सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत दिन सकिनेछ । बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आरक्षित सेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार ७६९ कित्ता सेयर जारी गर्नेछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij