Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कमजोरी सच्याउनुको कुनै विकल्प छैन, सुझावलाई गम्भीरतापूर्वक लिन्छु- प्रचण्ड

कमजोरी सच्याउनुको कुनै विकल्प छैन, सुझावलाई गम्भीरतापूर्वक लिन्छु- प्रचण्ड

  • काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले अब आफूहरूलाई देशको एक नम्बर दल बन्न कसैले रोक्न नसक्ने दाबि गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले अब आफुहरु देशको सबैभन्दा बलियो शक्ति बन्ने दाबी गर्दै यसमा कसैले रोक्न नसक्ने बताएका हुन् ।

    AGNI GROUP

    सभालाई सम्बोधन गर्दै प्रचण्डले अब कमजोरी सच्याउनुको कुनै विकल्प नभएको बताउदै नेता कार्यकर्ताका सल्लाह र सुझावलाई गम्भिरतापुर्वक लिने बताएका छन् ।

    प्रचण्डले भने- 'सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु । यो हाउसमा भएका कमरेडहरूले बेहिज्जत आलोचना, टिप्पणी सुझाव राख्नुहोला । अब हामीलाई कमजोरी सच्याउनुको कुनै विकल्प छैन । जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन ।’

    त्यस्तो प्रचण्डले नेता बामदेव गौतमले सोधेको प्रश्नको जवाफ दिदै पार्टीको उत्पादन हेर्ने जिम्मा गौतमलाईनै दिने सोचेको बताएका छन् । यसअघि गौतमले सम्बोधनका क्रममा प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाललाई प्रधानमन्त्री हुँदा संविधानले प्रस्तावनामै लेखिएको समाजवाद निर्माणको प्रयास किन नगरेको भन्दै प्रश्न गरेका थिए ।

    त्यसको जवाफमा प्रचण्डले भने- 'हामीलाई के गर्छौँ मात्रै होइन, तपाई पनि त नेता हो नि । तपाइले पनि गर्नुपर्छ । तपाईँले समाजवादबारे लेखेको किताब मैले हेदैछु । उत्पादनकै जिम्मा तपाइँलाई नै दिनुपर्छ भन्ने सोचेको छु । तपाईँले समाजवादबारे लेखेको किताब अनुसार वातावरण बनाउन तयार छौँ ।’

    प्रचण्डले अब तल्लो स्तरसम्म गएर चुनावको माहोल बनाउनुपर्ने बताएका छन् ।  साथै आफु र माधव नेपाल लामो समयसम्म नेतृत्वमा बसिरहनु पर्छ भन्नेमा नरहेको भन्दै यस विषयमा पनि पार्टीमा छलफल गर्न आग्रह गरेका छन् । 

    आजै सम्पन्न भएको सम्मेलनले प्रचण्डलाई संयोजक र नेपाललाई सहसंयोजक चयन गरेको छ । त्यस्तै पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता दिइएको छ भने बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेताको उपाधि दिइएको छ ।

    सम्मेलनले २३ बुँदे घोषणा पत्र पनि जारी गरेको छ । घोषणा पत्रमा राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता संरक्षण गर्ने, जनताप्रति निष्ठावान रहेन, मार्क्सवाद र लेनिनवादको नेपालमा सिर्जनात्मक ढंगले लागू गर्ने, वैज्ञानिक समाजवादको स्थापनाकाको लक्ष्यमा अघि बढ्ने, लोकतान्त्रिक गणतन्त्तमा प्रतिबद्ध र गणतन्त्रको सुदृढीकरण र राज्यका अंग रूपान्तरण उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट