Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले अर्धशतक पुरा गरेका हुन् ।
रोहितले ७७ बल खेल्दै आफ्नो अर्धशतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । हाल रोहितसँगै आरिफ सेख २२ रन बनाएर खेलिरहेका छन् । यो समाचार तयार गरुन्जेल नेपालले ३१.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij