Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । छठ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । तर, अधिकांश बैंकले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन् ।
वाणिज्य बैंक तथा विकास बैंकले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन् ।
बैंकहरूले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन् । केही बैंकहरूले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन् ।




© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij