Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

हामीले ट्याक्सी जलाएका होइनौं, आन्दोलनमा घुसपैठ भयो : प्रचण्ड–माधव समूह

हामीले ट्याक्सी जलाएका होइनौं, आन्दोलनमा घुसपैठ भयो : प्रचण्ड–माधव समूह

  • काठमाडौं । आज बिहान गोंगबुमा ट्याक्सीमा भएको आगजनी आफूहरुले नगरेको दाहाल-नेपाल समूहले स्पष्ट पारेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले फेसबुकमार्फत् आफूहरुले आगजनी र तोडफोड नगरेको दाबी गरेका हुन् ।आफूहरुको आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको स्पष्ट पार्दै संयोजक दीपशिखाले आन्दोलनलाई अराजक देखाउन सरकारले घुसपैठ गरेको आरोप लगाए ।

    images
    images
    images

    ‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन,’उनले लेखेका छन् ‘आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ।’

    आज बिहानै अज्ञात समूहले गोंगबुमा रोकिराखेको एक ट्याक्सीमा आगजनी गरेको थियो । दाहाल-नेपाल समूहले आगजनी गरेको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना भएपछि दीपशिखाले स्पष्टिकरण दिएका हुन् ।

    dd_nyeWLP9bek.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij