Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेप्से

नेप्से परिसूचक घट्यो

नेप्से परिसूचक घट्यो

११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा

  • काठमाडौं । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६५० दशमलव ११ को बिन्दुमा कायम भएको हो ।

    onlinepatrika
    Arghakhachi

    आज तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा रू १० अर्ब २० करोड २७ लाख एक हजार ३४४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

    AGNI GROUP

    विकास बैङ्क समूह एक दशमलव २७, होटल तथा पर्यटन छ दशमलव ५०, जीवन बिमा शून्य दशमलव ३१, निर्जीवन बिमा शून्य दशमलव शून्य छ र व्यापार समूह शून्य दशमलव २० प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैङ्किङ शून्य दशमलव ५१, वित्त तीन दशमलव ७२, जलविद्युत् एक दशमलव २६, लगानी एक दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव शून्य नौ र म्युचुअल फण्ड शून्य दशमलव २८ प्रतिशतको गिरावट देखिएको छ ।

    आजको कारोबारमा नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेष्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्य सात दशमलव ४५ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रू ६६ करोड १० लाख ७० हजार बराबरको कारोबार भएको छ ।

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको १५ लाख ६१ हजार ८७१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij