
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । बुधवारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधवार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij