Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

गरिमा विकास बैंकद्वारा ‘भर्चुअल क्रेडिट कार्ड’ सेवा सुरु

  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नै मोबाईल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’ मार्फत नेपालको पहिलो भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यस सुविधामार्फत बैंकका ग्राहकहरूले नजिकैको शाखा कार्यालयमा फारम भरेर आफ्नो एपमा भर्चुअल क्रेडिट कार्ड सक्रिय गर्न सक्नेछन् । कार्ड प्रयोग गरी फोनपे नेटवर्कअन्तर्गतका सबै क्युआर कोडमा सजिलै भुक्तानी गर्न सकिनेछ ।

    AGNI GROUP

    बैंकका अनुसार यस भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्म क्रेडिट सीमा उपलब्ध हुनेछ । ग्राहकहरूले अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट रकम प्रयोग गर्न पाउनेछन् । साथै, हिसाब राफसाफका क्रममा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्प रहनेछ ।

    भौतिक कार्डको आवश्यकता नपरी मोबाईल एपमै उपलब्ध हुने यस सेवा सुरक्षित र सहज मात्र नभई आधुनिक बैंकिङ अनुभव दिने उद्देश्यले सुरु गरिएको बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट