Logo

Sep 09 2025 | २०८२, भदौ २४ गते

Sep 09 2025 | २०८२, भदौ २४ गते

जेनजी आन्दोलन

प्रचण्ड निवासमा आगजनी

प्रचण्ड निवासमा आगजनी

  • ललितपुर । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

    images
    images
    images

    सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

    images

    काठमाडौं उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन थप उग्र बन्दै जाँदा उनीहरूको निशानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि परेका हुन् । 

    कर्फ्युका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिने क्रममा एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो । त्यहाँ प्रदर्शनकारीहरूले प्रचण्डविरुद्ध चर्का नारा लगाएका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij