
Sep 09 2025 | २०८२, भदौ २४ गते
काठमाडौं । आन्दोलनरत युवाहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा आगजनी गरेका छन् ।
भंगालस्थित भण्डारीको निवासमा युवाहरुको एक समूहले आगो लगाएको हो । पूर्व राष्ट्रपतिको अवस्थाबारे भने अहिलेसम्म केही पनि जानकारी आएको छैन ।
यता, युवाहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पुल्चोकस्थित घरमा पनि आगो लगाइदिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij