Logo

Jun 14 2026 | २०८३, जेठ ३१ गते

Jun 14 2026 | २०८३, जेठ ३१ गते

महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो

महानायक राजेश हमालको अपिल- राष्ट्रिय सम्पदा र संरचनाको संरक्षण गरौँ, त्यो हाम्रो सम्पत्ति हो

  • काठमाडौँ । महानायक राजेश हमालले देशमा चर्किएको जेन-जी आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आन्दोलनका क्रममा राष्ट्रिय सम्पदा र संरचनाहरुको संरक्षण गर्न युवाहरुलाई अपिल गरेका छन्।हाल अस्ट्रेलियामा रहेका महानायक हमालले सोमबारको जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आठ सेप्टेम्बर नेपालको कालो दिन भएको बताए ।

    onlinepatrika
    Arghakhachi

    उनले भनेका छन्- ‘आठ सेप्टेम्बर नेपालको कालो दिन हो । हिजो पाँच-छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ। जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौं ।'हमालले आन्दोलनकारीलाई संयमित हुन आग्रह गर्दै राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति नभएको र तिनको संरक्षण गर्न आव्हान गरेका छन् ।

    AGNI GROUP

    हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ भन्दै अहिले देखिएको युवाहरुको यो आक्रोश केबल पाँच वर्षको मात्र नभएर वर्षौदेखिको निराशा र पीडाको उपज भएको बताएका छन् ।महानायक हमालले बर्षौदेखि गुम्सिएको निराशा विस्फोट हुन सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध एक बहाना मात्र भएको बताउदै आत्मदेखि संयमता अपनाउन अपिल गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij