Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जेन जी आन्दोलन

रवि लामिछानेलाई भिडले लिएर गयो : जेलर सत्यराज जोशी

रवि लामिछानेलाई भिडले लिएर गयो : जेलर सत्यराज जोशी

‘तत्काल रविलाई बाहिर ननिकाल्ने हो भने पूरै जेलमा आगो लाग्ने भएपछि हामीले बाहिर निकालेका थियौँ,

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई प्रदर्शनकारीले लिएर गएका छन् । नख्खु कारागारमा थुनामा रहेका उनलाई प्रदर्शनकारीले लिएर गएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै नख्खु कारागार पुगेका प्रदर्शनकारीले तोडफोड गर्न थालेपछि जेल प्रशासनले नै सहजीकरण गरेर लामिछानेलाई बाहिर निकालेको थियो ।

    AGNI GROUP

    लामिछाने बाहिर निस्किएपछि भिडले लामिछानेलाई सँगै लिएर गएको हो । कारागार कार्यालय नख्खुका प्रमुख जेलर सत्यराज जोशीले रविलाई भीडले लिएर गएको बताए ।

    उनले भने, ‘तत्काल रविलाई बाहिर ननिकाल्ने हो भने पूरै जेलमा आगो लाग्ने भएपछि हामीले बाहिर निकालेका थियौँ, अहिले उनीहरूले लिएर गएका छन् ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij