
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका-६ लापिलाङबाट काठमाडौं आउँदै गरेको बा ३ ख २७८९ नम्बरको यात्रुवाहक बस सुनकोशी गाउँपालिका-७ ११ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी २० जना भन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी निरीक्षक (एसपी) राम चन्द्र घिमिरेले जानकारी दिए ।
२० जना घाइतेमध्ये १ बालक ८ जना महिला र ११ जना पुरुष रहेका एसपी घिमिरेले जानकारी दिए । घाइतेमध्ये १ जनालाई बनेपा र १ जनालाई काठमाडौं रिफर गरिएको उनले जानकारी दिए ।
घटनाको थप विवरण आउन बाँकी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij