Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा

कुटपिट भएको भन्दै प्रहरीमा पुगिन् सुष्मा

  • काठमाडौं । अभिनेत्री सुष्मा कार्कीले आफूमाथि गाली गलौज र कुटपिट गरेको भन्दै अभिनेत्री श्वेता खड्काकी सहोदर बहिनी आरती खड्का र रंग पत्रकार उत्सव रसाइलीविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले मंगलवार बिहान उनीहरुविरुद्ध महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् । सोमबार राति (हिजो) दरबारमार्गस्थित लण्डन पबमा उनीहरुबीच झगडा भएको थियो ।
     
    आरती खड्का र उत्सव रसाइलीले गाली गलौज र कुटपिट गरेको भन्दै उजुरी परेको प्रहरी वृत्त दरबारमार्गले पुष्टि गरेको छ । आफूमाथि आरतीले कुटपिट गरेको र उत्सवले गाली गलौज गरेको भन्दै सुष्माले उजुरी दिएकी हुन् । उनले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएकी छन् । प्रहरी दुवै पक्षलाई बोलाएर छलफल गराउने तयारीमा रहेको बुझिएको छ ।
     
    सोमवार साँझ अनिता बास्तोलाको एनिभर्सरी सेलिब्रेट गर्न लण्डन पबमा श्वेता, उनका श्रीमान विजयन्द्र सिंह रावत, आरती र उत्सव पुगेका थिए । सोही क्याफेमा सुष्मा पनि साथीहरुसँग पुगेकी थिइन् । त्यही क्रममा सामान्य कुराकानी हुँदै गर्दा आफूमाथि आरतीले कुटपिट गरेको सुष्माले उजुरीमा उल्लेख गरेकी छन् । श्वेता खड्काले पनि आफूलाई गाली गलौज गरेको उनको भनाई छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij