
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र इवाहाङलाई नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिको बैठकले इवाहाङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
इवाहाङलाई कम्पनी सचिव पदको समेत जिम्मेवारी दिइएको छ । उनलाई आगामी चार वर्षका लागि नियुक्त गरिएको हो ।
संस्थाको सीईओ पद रिक्त हुँदा दीपक न्यौपानेले का.मु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाइरहेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij