
May 12 2025 | २०८२, वैशाख २९ गते
जलेश्वर । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ मा आज बिहान आगलागी हुँदा भैँसीगोठ र चौपाया जलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीयवासी बिल्टु साहका भैँसीगोठमा वस्तुभाउ न्यानो पार्नका लागि बालिएको घुरको आगो सल्केर भैँसीगोठ र एक पाडो जलेको हो ।
सो आगलागीमा कुनै मानवीय क्षति नभए पनि गोठ र चौपाया गरी करीब रु दुई लाखको क्षति भएको पीडित बिल्टुले बताउनुभयो । वारुणयन्त्र र अन्य पानी निभाउने साधनका अभावमा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij