Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

  • काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भाद्र २ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा विभिन्न तहमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा ६ जना, सशस्त्र प्रहरी उपरीक्षक पदमा २२ जना, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा १ जना, सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा ४८ जना र प्राविधिक सशस्त्र प्रहरी निरीक्षक पदमा १ जना तथा अनिवार्य अवकाश पूर्व एक तह विशेष बढुवा भएका प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षक लाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।

    AGNI GROUP

    महानिरीक्षक अर्यालले संगठनमा सेवारत रहँदा पदोन्नतीको विशेष महत्व हुने र पदोन्तीसँगै प्राप्त जिम्मेवारी, सकारात्मक, सोच, दृष्टिकोण र कार्यशैलीकासाथ कार्यक्षेत्रमा संगठनप्रति निष्ठावान हुँदै कार्य सम्पादन गर्न निर्देशन दिए । उनले राष्ट्र र संगठनका लक्ष्य हासिल गर्न सशस्त्र प्रहरी अधिकृतहरुको दक्षता र जिम्मेवारी बहन गर्ने क्षमताले महत्वपूर्ण योगदान पुर्याउने बताउदै आ–आफ्नो पदीय जिम्मेवारीमा उत्तरदायी भई पूर्ण व्यवसायिकताका साथ नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ भई लाग्न समेत निर्देशन दिए ।

    नेपाल सरकार (माननीय गृह मन्त्रीस्तर)को मिति २०८२ साउन २८ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक, नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर)को मिति २०८२ साउन २९ गतेको निर्णयले सशस्त्र प्रहरी नायव उपरीक्षक बाट सशस्त्र प्रहरी उपरीक्षक र नेपाल सरकार गृहमन्त्रालय (सचिवस्तर) को मिति २०८२ भाद्र १ गतेको निर्णयले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका हुन् ।

    कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट