
Aug 17 2025 | २०८२, भदौ १ गते
काठमाडौं । बाँके प्रहरीले कटुवा पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज बसपार्कबाट १ थान कटुवा पेस्तोल २ राउन्ड गोलीसहित नेपालगन्जका १७ वर्षीय २ जना किशोरलाई गएराति पक्राउ गरिएको बाँके प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
ने.१ ह ४५०२ नम्बरको ईरिक्साबाट पुष्पलाल चोकबाट बसपार्कतर्फ जाँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij